२०८१ मंसिर २ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

आमाछोरीलाई ठक्कर दिँदा छोरीको मृत्युः चालक लिम्बू दुई महिनापछि पक्राउ


बिर्तामोड, भदौ १२ । आमाछोरीलाई ठक्कर दिएर भागिरहेका दमकका सिटीसफारी चालक फिलिप भन्ने लछुमन लिम्बूलाई दुई महिनापछि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक-९ बस्ने ५५ वर्षीय लिम्बूले गत असार १४ गते दिउँसो १ः४५ बजे दमक १ बरगाछीस्थित भित्री सडकखण्डमा चलाएको मे. १ ह ६४०९ नम्बरको सिटीसफारीले आमाछोरीलाई ठक्कर दिएको थियो ।

पैदलयात्री काठमाडौँ दक्षिणकालीका-१ घर भई हाल दमक-१ बस्ने शर्मिला नेम्वाङ र उनकी छोरी २ वर्षीया आरोसी मगरलाई सिटीसफारीले ठक्कर दिई घाइते बनाएको थियो ।

घाइतेहरुलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा घाइतेमध्ये आरोसीको सोही दिन मृत्यु भएको थियो ।

घटनापछि भागिरहेका तेह्रथुम थोक्लाङ घर भई हाल दमक-९ बस्ने लिम्बूलाई हिजो साँझ ६ बजे दमक ८ गणतन्त्रचोकमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer