बिर्तामोड, भदौ १२ । झापाको बजारमा बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार ६०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अनुसार मंगलबार तोलामा १ लाख ५२ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको संघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य बुधबार तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य १ हजार ८५० रुपैयाँ कायम भएको थियो ।