२०८१ असोज ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुर नाकाबाट निर्यात गर्न त्रिपक्षीय पहल


बिर्तामोड, भदौ १२ । झापाको भद्रपुर नाकाबाट विविध समान भारत निर्यात गर्न सहजीकरणका लागि त्रिपक्षीय पहल भएको छ ।

भद्रपुरका नगरप्रमुख गणेश पोखरेलको नेतृत्वमा गलगलिया भन्सार गएको एक टोलीले त्यहाँको भन्सार प्रमुखसँग कुरा गरेपछि भन्सार प्रमुख सकारात्मक भएको पाइएको छ ।

नेपाली पक्षको टोलीमा नगरप्रमुख पोखरेल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदिपमणि रेग्मी तथा मैत्री संघका सदस्य प्रदिप सरावगी सहभागी रहेका थिए ।

टोलीमा सहभागी नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष रेग्मीका अनुसार गलगलिया भन्सारले हालै भन्सार कोड पाइसकेको अवस्थामा नेपाली पक्षले अनुरोध गरेमा निर्यात सहज बनाउन पहल गर्ने गलगलिया भन्सार प्रमुख अमरनाथ रामले प्रतिबद्धता जनाएका छन् ।

रामले चिया, प्लाई, भेनियर लगायतलाई निर्यात गर्न दिने जनाएको संघका अध्यक्ष रेग्मीले बताए । उनले चियाको प्लान्ट क्वारेन्टाइन जाँचका लागि कोलकाताको बदला जोगवनी पठाउने व्यवस्था पनि गरिदिने गलगलिया भन्सार प्रमुखले वचन दिएको बताए ।

सो अवसरमा नेपाली पक्षले गलगलिया भन्सार प्रमुखसँग आफ्नो भन्सार कार्यालय यथासक्य चाँडो सीमाछेउमा सार्न पनि अनुरोध गरेको थियो ।

भद्रपुर नगरपालिका, झापा उद्योग संघ र नेपाल भारत मैत्री संघले संयुक्त रुपमा लिखित अनुरोध गरेपछि गलगलिया भन्सारको स्तरोन्नति कार्यान्वयनको चरणमा लान सहज हुने भारतीय पक्षले जनाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer