२०८१ असोज ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बीमा कार्यक्रम भएका झापाका अस्पतालबाट पाइँदैन सबै औषधि


बिर्तामोड, भदौ १३ । झापामा स्वास्थ्य बीमा कार्यक्रमभित्र रहेका अस्पतालका फर्मेसीबाट बीमामा सूचीकृत औषधि नपाएको सेवाग्राहीले बताएका छन् ।

झापा बुद्धशान्तिकी कल्पना खतिवडाले बीमाका औषधिहरु निजी फर्मेसीबाट किनेर ल्याउनु परेको बताइन् । छालाको सामान्य समस्याले उपचार गर्न बीमा लागु भएको झापाको एक अस्पताल पुगेकी उनले बीमाबाट औषधि नपाएको गुनासो गरिन् ।

सरकारी अस्पतालमा स्वास्थ्य बीमाअन्तर्गत उपचार गराउने बिरामीका लागि हाल एक हजार १३३ किसिमका औषधि निःशुल्क पाउने व्यवस्था छ । तर, स्वास्थ्य बीमा गराएका बिरामीले बीमा सुविधामार्फत औषधि पाउन निकै मुस्किल पर्दै आएको छ  ।

बिर्तामोडको एक अस्पतालमा उपचार गर्न पुगेका अर्जुनधाराका सञ्जय शर्माले छ हजारको औषधि खरिद गर्दा चार हजार रुपैयाँको औषधि बीमा बाहिरबाट खरिद गर्नुपरेको बताए ।

स्वास्थ्य बीमा बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलले स्वास्थ्य बीमामार्फत एक हजार १३३ किसिमका औषधि स्वास्थ्य बीमा बोर्डले सूचीकृत गरेकाले ती औषधि स्वास्थ्य बीमा लागु भएका अस्पतालबाट निःशुल्क पाइने बताइन् ।

झापाका अधिकांश स्वास्थ्य बीमा लागु भएका अस्पतालमा स्वास्थ्य बीमाले सूचीकृत गरेका सबै औषधि पाइँदैनन् । स्वास्थ्य बीमा लागु भएका झापाका अस्पतालका सञ्चालकहरुले पनि सबै औषधि नपाउने गरेको स्वीकार गरेका छन् ।

स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैलीमा भदौ महिनादेखि एक हजार १३३ बाट बढाएर एक हजार २९० प्रकारका औषधि निःशुल्क पाउने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer