२०८१ असोज ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

‘लभ फरेवर’ को छायाँकन हुँदै


बिर्तामोड, भदौ १३ । अनुग्रह फिल्म्स प्रालिको ब्यानरमा बन्न लागेको लघु चलचित्र ‘लभ फरेवर’ को छायाँकन धमाधम भइरहेको छ ।

झापाको बुद्धशान्ति–६ स्थित इरौटार आधारभूत विद्यालयबाट चलचित्रको छायाँकन सुरु गरिएको थियो । राज लावतीको निर्देशनमा बन्न लागेको चलचित्रको कथा परिकल्पना सौरभ तामाङको रहेको छ ।

पटकथा तथा संवाद एकराज प्रधानको रहेको चलचित्रमा क्रिएटिभ निर्देशन प्रितम धमला ‘झापाली कान्छो’ ले गरिरहेका छन् । सिनेमाटोग्राफी सुवास लिम्बूले सम्हालिरहेका छन् ।

निर्देशक लावतीका अनुसार माया सधैँभरि रहिरहन्छ भन्ने कन्सेप्टमा फिल्म बन्दैछ, जीवनमा प्रेमले कति महत्व राख्छ भन्ने कुरा फिल्ममा हुनेछ ।

चलचित्रमा मुख्य अभिनय सौरभ तामाङको रहने निर्माण टिमले जनाएको छ । ‘लभ फरेवर’ मा प्रताप सुनुवार, सुजन राउत, रमेश तिवारी, नविन अधिकारी, याम खरेल, राजु खरेल, झापाली कान्छो लगायतको अभिनय देख्न सकिनेछ ।

त्यस्तै, बाल कलाकारको रुपमा समता खरेल, रहिम बस्नेत र अमिर लिम्बूको अभिनय रहनेछ । चलचित्रको छायाँकन झापा र इलाममा गरिने निर्देशक लावतीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer