२०८१ असोज ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्ताबजारको सुधार केन्द्रका सञ्चालकले अभिभावक कुट्दा तीनजना घाइते


बिर्तामोड, भदौ १३ । झापाको बिर्ताबजारस्थित नयाँ सृष्टि पुनर्स्थापना केन्द्रमा राखेका आफन्तलाई लिन जाँदा त्यसका सञ्चालकसहित कर्मचारीले उनीहरुलाई निर्धात कुटपिट गरेका छन् ।

कुटपिटबाट घाइते भएका एक महिलासहित तीनजनाको बिर्तामोडको बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

स्थानीय आकाश खड्काले सञ्चालन गरेको पुनर्स्थापना केन्द्रमा भएको कुटपिटबाट अर्जुनधारा–१ की सविना तामाङ, बिर्तामोड–५ का मनकुमार फेदाङ र बाबुराम योङहाङ घाइते भएका हुन् ।

घटनाअनुसार सविनाको देवर मदन तामाङलाई ६ महिनाअघि सो पुनर्स्थापना केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो । पीडित परिवारका अनुसार घाइतेमध्ये मनकुमारको मेरुदण्डमा चोट लागेको छ ।

सञ्चालक खड्कासँग हरहिसाबका बारेमा प्रश्न उठाउँदा अश्लील शब्दले गालीगलौज गर्दै एक्कासि कुटपिट गरेको पीडितले बताएका छन् ।

खड्कासहित पुनर्स्थापना केन्द्रका ८(९ जना कामदारले कुटपिट गरेको उनले बताइन् । आफन्त तीनजनालाई कुटपिट गरेपछि उपचारमा आएका मदन तामाङलाई भने खड्काले घर पठाएका छन् ।

खड्काले आफन्त लिन आएको समयमा तामाङ परिवारसँग सामान्य विवाद मात्र भएको बताए । ‘इलाका प्रहरी कार्यालय अनारमनीमा कुटपिटको जाहेरी हाल्नु भएको छ अरे, खड्काले भने, ‘उहाँहरु उपचार गर्न जानुभएको छ भन्ने सुनेको छु, त्यो उहाँहरुको कुरा हो, बाँकी कुरा त्यहाँ रहेको सिसी क्यामेराको फुटेज हेर्दा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer