२०८१ असोज ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कुवेतमा अलपत्र बिर्तामोडकी बेगम नेपाल फर्किने


बिर्तामोड, भदौ १३ । कुवेतमा अलपत्र परेकी झापा बिर्तामोड १ की ४१ वर्षीया फातमा बेगमको उद्धार हुने भएको छ ।

डेढ महिनाअघि घरेलु कामदारको रुपमा कुवेत गएकी बेगमलाई काम लगाउने मालिकले घरबाट निकालिदिएपछि उनी अलपत्र परेकी थिइन् ।

दिनभरि घरको काममा लगाउने, रातभरि बगैँचामा काम गर्नुपर्ने, सुत्न नदिने, खान नदिने, घरमा फोन गर्न पनि नदिने गरेपछि बेगम बिरामी भएकी थिइन् । त्यसपछि बेगमलाई मालिकले एक रात र दुई दिन घरबाहिर राखेको उनका पति मोहम्मद एजाजले बताए ।

अलपत्र अवस्थाकी बेगमलाई कुवेतमा रहेको नेपाली दूतावास पुर्‍याइएको थियो । विगत एक सातादेखि उनी दूतावासको आश्रयमा भए पनि आवश्यक कागजात र हवाई टिकटको अभावमा घर फर्किन सकेकी थिइनन् ।

तीन लाख रुपैयाँ दिए मात्र बेगमको कागजात फिर्ता गर्ने भनेर एजेन्टले दुःख दिन खोजेका थिए । आफ्नी पत्नी अलपत्र परेपछि एजाज सहयोगका लागि भौँतारिरहेका थिए । उनी सञ्चारकर्मीहरुसँग सहयोग माग्न आएका थिए ।

तालिमूल कुरान बिर्ताबजारका अफ्रोज खानको पहलमा भारतको दिल्लीमा रहेका एजेन्टलाई बेगमको पासपोर्ट लगायतका कागजात दूतावासमा बुझाउन लगाई नेपालबाट हवाई टिकट पठाएपछि उनी नेपाल फर्किन पाउने भएकी हुन् ।

उनको सोमबारको हवाई टिकट रहेको खानले जानकारी दिए । बेगम केदारनाथ भन्ने भारतीय एजेन्टमार्फत फ्रि भिसामा दिल्लीबाट कुवेत गएकी थिइन् ।

यसअघि पनि बेगम कुवेत गएकी थिइन् । त्यसबेला राम्रो काम पाए पनि बिरामी भएर उनी स्वदेश फर्किएकी थिइन् । एजाज सिटी रिक्सा कुदाउँछन् । उनीहरुका ७ वर्षका छोरा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer