२०८१ असोज ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पाँचथरमा विस्फोटक पदार्थबाट घाइते २ जनालाई बिएन्डसीमा ‘रेफर’


बिर्तामोड, भदौ १३ । पाँचथरको फालेलुङ-५ मा विस्फोटक पदार्थ पड्किंदा गम्भीर घाइते भएका ११ वर्षीय दिप्शन साँवा र २ वर्षीया प्रियसा साँवालाई जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि रेफर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हेमन्त भण्डारीका अनुसार घाइते बालबालिकाको थप उपचारको लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतलामा रेफर गरिएको हो ।

घाइते ११ वर्षीय पवन राईको उपचार जिल्ला अस्पताल पाँचथरमा भइरहेको छ । यसैगरी, सामान्य घाइते ७ वर्षीय दिप्शन राईको स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार फालेलुङ-५ डाँडागाउँमा विस्फोटक पदार्थ पड्किंदा ४ जना बालकबालिका घाइते भएका थिए । विस्फोटक पदार्थ कहाँ र कस्तो अवस्थामा थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer