२०८१ कार्तिक ३० शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नयाँ सृष्टि पुनर्स्थापना केन्द्रका सञ्चालकद्वारा गल्ती स्वीकार


बिर्तामोड, भदौ १५ । झापाको बिर्ताबजारस्थित नयाँ सृष्टि पुनर्स्थापना केन्द्रका सञ्चालक आकाश खड्काले कुटपिट गरेको घटनाले नयाँ मोड लिएपछि उनले गल्ती स्वीकार गरेका छन् ।

उनले गल्ती स्वीकारसँगै घाइतेको औषधि उपचार गरिदिने भएका हुन् । सुधार केन्द्रमा भएको कुटपिटका कारण तीनजना बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचाररत रहेका छन् ।

सुधार केन्द्र सञ्चालक खड्काले घाइतेहरुलाई अस्पतालमा भेट गरी उपचार खर्च बेहोर्ने बताएका हुन् । उनले घाइतेहरुको उपचार खर्च आफूले बेहोर्ने कुरा स्वीकार गरेको घाइते पक्षका दीर्घराज मगरले बताए ।

उनले गल्ती स्वीकार गरी खड्काले माफी माग्ने भएपछि मिलापत्रका लागि घाइते पक्ष तयार भएको जानकारी दिए । आइतबार मिलापत्र हुने बताइएको छ ।

तीन दिनअघि सुधार केन्द्रमा राखेका आफन्तलाई लिन जाँदा त्यसका सञ्चालक खड्कासहित कर्मचारीले एक महिलासहित तीनजनालाई निर्घात कुटपिट गरेका थिए ।

कुटपिटबाट अर्जुनधारा–१ की सविना तामाङ, बिर्तामोड–५ का मनकुमार फेदाङ र बाबुराम योङहाङ घाइते भएका छन् ।

सञ्चालक खड्कासँग हरहिसाबका बारेमा प्रश्न उठाउँदा अश्लील शब्दले गालीगलौज गर्दै एक्कासि कुटपिट गरेको पीडितले बताएका छन् ।

यसैबीच, कुटाई खाने भानु राईले हिजो पत्रकार सम्मेलन गरी खड्काले गरेको ज्यादतीका विषयमा प्रहरीले उजुरी लिन नमानेको भन्दै आपत्ति जनाएका छन् । उनले शक्ति र पहुँचका भरमा दोषीलाई उन्मुक्ति दिलाउन नहुने भन्दै न्यायका दिलाउन सबैसँग अपिल गरेका छन् ।

उनीहरुलाई सुधार केन्द्र सञ्चालकले आफूहरुलाई बन्धक बनाएर घुँडा टेकाएर अगााडिबाट र पछाडिबाट लात्तले हानेको आरोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer