२०८२ बैशाख २६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

उत्कृष्ट तीनजनालाई स्वर्गीय प्रमोद तामाङ स्मृति सम्मान


बिर्तामोड, भदौ १५ । दिवङ्गत राष्ट्रसेवक प्रमोद तामाङको स्मृतिमा स्थापित प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदाल सम्मानित भएका छन् ।

त्यस्तै, नेपाल निजामती कर्मचारी संगठन झापा तथा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरले स्थापना गरेको १४ औँ पुरस्कारबाट उत्कृष्ट राष्ट्रसेवक सम्मान भद्रपुर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मनोज भट्टराई र कोष तथा लेखा नियन्त्रण कार्यालय झापाका अधिकृत कृष्णप्रसाद शर्मालाई सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि प्रदेशसभा सदस्य छविलाल चुडाल, संगठन झापा अध्यक्ष केदार पोखरेल, सहकारी अध्यक्ष वशिष्ठ अधिकारी लगायतले नगदसहित प्रशंसापत्र प्रदान गरेर सम्मान गरेका थिए ।

संगठन झापा अध्यक्ष केदार पोखरेलको अध्यक्षतामा तथा सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रमको स्वागत सीता गुरागाईंले गरेकी थिइन् ।

कार्यक्रममा संगठनका पूर्वसचिव तेजु रेग्मी, एमाले भद्रपुर नगर अध्यक्ष निर्माण नेपाल, सम्मानित पत्रकार मनकुमार गदाललगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा महिला कर्मचारीहरूका लागि हरितालिका तिजको सामुहिक दर कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।

Adv footer