२०८१ असोज ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

दुई सातामै फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य


बिर्तामोड, भदौ १६ । नेपाल आयल निगमले यसअघि १६ दिन पहिले घटाएको पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ ।

निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) ले मूल्य घटाएर पठाएपछि शनिबार राति १२ः०१ बजेदेखि लागु हुनेगरी मूल्य घटाएको बताएको छ ।

जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटेको छ । त्यस्तै, डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटेको छ भने मट्टितेलको मूल्य प्रतिलिटर समान एक रुपैयाँले नै घटेको छ ।

घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, डिजल र मट्टितेल १५२ रुपैयाँ ५० पैसा कायम भएको छ ।

खरिद मूल्य बढे पनि निगमले ग्यासको मूल्य यथावत राखेको छ । अहिले ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ रहेको छ ।

कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसा बढाएर पठाए पनि निगमले हाललाई बिक्री मूल्य यथावत राखेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer