२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजनका विद्यार्थीलाई कोलकातामा स्वर्ण पदक, चित्रकलामा झापा प्रथम


मेचीनगर, भदौ १६ । झापा धुलाबारीको इस्ट होराइजन माविका दुईजना विद्यार्थीले भारतको कोलकातामा आयोजित तेस्रो बेंगाल इन्टरनेसनल कराते च्याम्पियनसिपमा पदक प्राप्त गरेका छन् ।

इस्ट होराइजनका विद्यार्थी छवि भट्टराई र खेमराज श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेको विद्यालयका प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए ।

भट्टराईले १७ वर्ष उमेर समूहको कुमुते प्रतिस्पर्धामा स्वर्ण पदक र काता प्रतिस्पर्धामा रजत पदक जितेका हुन् ।

त्यस्तै, १८ वर्ष उमेर समूहको कुमुतेमा श्रेष्ठले स्वर्ण पदक र काता प्रतिस्पर्धामा कास्य पदक प्राप्त गर्न सफल भएका छन् ।

यसैबीच, एनप्यब्सन झापाले आयोजना गरेको १३ औँ जिल्लास्तरीय अन्तरविद्यालय चित्रकला प्रतियोगितामा इस्ट होराइजन मावि प्रथम भएको छ ।

विद्यालयकी कक्षा ८ मा अध्ययनरत छात्रा यांकी श्रेष्ठ र कक्षा ५ मा अध्ययनरत छात्र अभिनव राजवंशी सान्त्वाना भएको विद्यालयकी प्रशासक सावित्री सापकोटा राईले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer