मेचीनगर, भदौ १७ । झापाको पुरानो फुटबल क्लब धुलाबारीको रोलिङ क्लबले आठौँ संस्करणको फुटबल प्रतियोगिताको तयारी सुरु गरेको छ ।
आयोजकले खेलमैदान मर्मतको काम सुरु गरेको छ । मैदान सम्याउने, घाँस उमार्ने लगायतका काम सुरु भएको हो ।
यही कात्तिक ३ गतेदेखि १० गतेसम्म हुने रोलिङ च्यालेञ्ज कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको सचिव महेश खड्काले बताए ।
मेचीनगर-१० मा रहेको धुलाबारी माविको खेलमैदानमा हुने प्रतियोगितामा सीमावर्ती भारतका दुई टिम र नेपालका छवटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद तीन लाख, ट्रफी र मेडल पाउँदा उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल प्राप्त गर्ने खड्काले बताए ।