२०८१ कार्तिक ६ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

नरिवलको तेल : छालाको लागि प्राकृतिक वरदान


 बिर्तामोड, भदौ १७ । नरिवलको तेल छालाको लागि अत्यन्त फाइदाजनक हुन्छ । कुनै बेला महँगा प्रोडक्टहरू प्रयोग गर्दा पनि छालामा खासै असर देखिँदैन । तर, नरिवल तेलले छालाको राम्रोसँग हेरचाह गर्न सक्छ ।

नरिवलको तेलमा एन्टी ब्याक्टेरियल, फ्याटी एसिड, एन्टीअक्सिडेन्ट, एन्टी–इन्फ्लेमेटरी प्रोपर्टीज र विभिन्न भिटामिनहरू पाइन्छन् । जसले छालाको राम्रो हेरचाह गर्छ । यसको नियमित र सही प्रयोगले अनुहारमा आउने चाउरीबाट छुटकारा पाउन सकिन्छ ।

नरिवलको तेललाई नाइट सिरमको रूपमा कसरी प्रयोग गर्ने ?

रातको समयमा आफ्नो अनुहार धोएपछि थोरै नरिवलको तेलमा १ भिटामिन ई क्याप्सुलको तेल मिसाउनुहोस् । यो तेलको मिश्रणलाई हल्का तातो बनाउनुहोस् । अब यो मिश्रण अनुहार र घाँटीमा राम्रोसँग लगाउनुहोस् र एक मिनेटसम्म मसाज गर्नुहोस् ।

तातो पानीमा डुबाएको तौलिया अनुहारमा राख्नुहोस् । यसले पोर्स खोल्न मद्दत गर्छ । केही समयपछि तौलिया हटाएर अनुहार र घाटीमा लगाएको तेललाई पुछ्नुहोस् ।

नियमित रूपमा यसो गर्दा छाला चम्किलो र मुलायम हुन्छ । नरिवलको तेलमा पाइने एन्टी–इन्फ्लेमेटरी गुणले छालालाई टाइट राख्न र विभिन्न समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer