२०८१ असोज ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

शनिश्चरे रोड पश्चिम, अतिथि सदन आसपासका सडकको स्तरोन्नति सुरु


बिर्तामोड, भदौ १७ । झापाको बिर्तामोड शनिश्चरे रोडदेखि अतिथि सदन जाने सडकको स्तरोन्नति कार्य सुरु भएको छ । बिर्तामोड नगरपालिका र सडक बोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) सुरु गरिएको हो ।

अतिथि सदन अदुवा खोला पुलसम्मको ३३० मिटरसँगै वानस्टप मलदेखि अतिथि सदन रोडसम्म २१० मिटर र शनिश्चरे रोड मण्डला होटलदेखि कृष्ण हलसम्मको १३९ मिटर सडक पनि स्तरोन्नति (कालोपत्रे) गरिने बिर्तामोड नगरपालिकाले जनाएको छ ।

६७९ मिटर कालो पत्रे हुने सडकको विभिन्न स्थानमा ६ देखि ९ मिटरसम्म चौडाई छ । कालोपत्रे निर्माणको ठेक्का उदयपुरको कौशल्या बिल्डर्सले पाएको छ ।

सडक स्तरोन्नतिका लागि २०८१ जेठ २१ गते ९१ लाख ६ हजार ७२३ रुपैयाँमा (भ्याट र पिएस) सहित सम्झौता भएको हो । ठेक्का सम्झौता अवधि आगामी असोज ३० गतेसम्म छ ।

सडक बोर्डको ७० प्रतिशत र बिर्तामोड नगरपालिकाको ३० प्रतिशत लगानी रहेको यो बजेटमा अन्य वडाभित्रका सडकहरुसमेत स्तरोन्नति हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer