२०८१ असोज ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

शिवसताक्षीका सेवा निवृत्त शिक्षक खरेललाई स्कर्टिङ गरेर विदाई


बिर्तामोड, भदौ १७ । झापा शिवसताक्षीको दुधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका शिक्षक रुीप्रसाद खरेललाई सम्मानसाथ घरसम्म स्कर्टिङ गरेर विदाई गरिएको छ ।

आजबाट शिक्षण पेशाबाट सेवा निवृत्त भएका खरेललाई विद्यार्थीहरुले गाडीमा राखेर बजार परिक्रममा गराएर घरसम्म स्कर्टिङ गरेर पुर्याएका हुन् ।

शिक्षक खरेल २०४१ असोज २४ गतेबाट सतासी प्राविबाट शिक्षण पेशामा प्रवेश गरेका थिए । २०४८ साल मंसिर १ गतेदेखि प्रावि तहमा स्थायी र २०५७ साल चैत १ गतेदेखि राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा सरुवा भएर आएका थिए ।

शिक्षक खरेल मावि तह द्वितीय श्रेणीबाट सेवा निवृत्त भएका हुन् । आफूले ३९ वर्ष ८ महिना २४ दिन सेवा गरेको खरेलले जानकारी दिए । खरेल सामाजिक विषयका शिक्षक हुन् ।

खरेलले आफू विदाई हुँदा विद्यालय परिसरमा आफ्नो दिवंगत पिताका सम्झनामा फूलको बिरुवा रोपेका छन् । बुवाको मुख हेर्ने दिन परेकोले पनि खरेलले पिताको सम्झानामा बिरुवा रोपेको बताए ।

खरेललाई विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले फूलमालासहित मायाको चिनो प्रदान गरेका थिए । खरेलले अबको बाँकी समय सामाजिक सेवामा लगाउने बताए ।

खरेलको विदाईमा शिक्षक गोविन्द काफ्ले, लीला गेलाल र राजकुमार ठाकुरले विदाई मन्तव्य राखेका थिए । प्रधानाध्यापक लालमणि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अम्मिता राईले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer