२०८१ असोज ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

तराईमा खाना र वासस्थान अभाव, चुरे चढ्दै हात्ती


बिर्तामोड, भदौ १८ । झापालगायतका जिल्लामा वासस्थान र खानाको अभाव हुँदै गएपछि भारत हुँदै नेपाल प्रवेश गर्ने जंगली हात्तीको समूह चुरे र पहाड क्षेत्र प्रवेश गर्न थालेको छ ।

इलामको रोङ गाउँपालिका–६ को चुरे र पहाडी क्षेत्र पाटापुर, बैरागी, लाङकेप, सकलपुरलगायत क्षेत्रमा भारतबाट आएका जंगली हात्ती वासस्थान नै बनाएर लामो समयसम्म बस्न थालेका हुन् ।

पछिल्लो डेढ वर्षदेखि हात्तीको ठुलो समूह इलामको पहाडी क्षेत्रमा समेत देखापर्न थालेको रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए ।

भारतबाट आउने हात्तीले झापाको मेचीनगरस्थित बाहुनडाँगी क्षेत्रका स्थानीयलाई बढी दुःख दिने गरेको छ । पछिल्लो समय रोङ क्षेत्रका स्थानीयलाई समेत हात्तीले हैरानी दिन थालेको रोङ–६ सलकपुरका लाखमान तामाङले बताए ।

त्यहाँ पुगेका हात्तीले सुपारी, अम्रिसो, अलैँचीलगायत बाली नस्ट गर्ने गरेका छन् । रोङ–६ सलकपुरस्थित बेँसीमा रहेका सुपारी र अम्रिसो खेती जोगाउन डेढ वर्षयता किसान हात्ती धपाउन रातभर बेँसीमै झर्ने गरेका छन् ।

हात्ती संरक्षणमा लामो समयदेखि काम गर्दै आएका झापा मेचीनगरका शंकर लुइँटेलले पछिल्लो दुई वर्षयता हात्ती इलामको रोङ छिरेको बताए । विगतमा हात्ती फाट्टफुट्ट रोङतिर जाने गरे पनि पछिल्लो समय लामो समयसम्म वास नै बस्ने गरेको उनले बताए ।

अध्येता लुइँटेलले हात्ती पहाड चड्नुका पछि केही कारण रहेको बताए । ‘हात्ती रोङ गएर अलैँचीको बोटसँगै अम्रिसो, सुपारी, केरालगायत खाइरहेको छ ।

त्यहाँ अलैँची, अम्रिसो, केरालगायत खाने कुराको नयाँ स्वाद पाएपछि त्यहीँ बस्न थालेका हुन् । रोङ र भारतको सीमामा भारततिर जंगल छ । खानाको खोजीमा रोङतिर आएर वन नभएको रोङका स्थानीयको बाली खाइरहेको छ ।

रोङ हात्तीका लागि शान्ति क्षेत्र भएको र समयअनुसार परिवर्तन हुन सक्ने जनवार भएकले पनि चुरे चढेको लुइँटेलले बताए । अहिले पनि १४–१५ वटा हात्ती रोङको सलकपुर क्षेत्रमा नै रहेको उनको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष स्याङ्बोका अनुसार रोङ प्रवेश गरेका हात्तीले डेढ वर्षमा ५० हराहारी किसानको बगानमा पसेर फल्न लागेका सुपारीका बोट भाँचेका छन् । अम्रिसो बगान पनि नास गरेको छ । हात्तीले अलैँचीमा समेत क्षति पुर्‍याएको उनले बताए ।

गाउँपालिका अध्यक्ष स्याङ्बोले तराईमा विद्युतीय तारबार लगाउँदा हात्तीले वैकल्पकि बाटो र वासस्थान खोजेर रोङसम्म आएको बताए ।

उनले जंगली हात्ती प्रवेश गर्न सक्ने सम्भावित चुरे क्षेत्रमा समेत विद्युतीय तारबार लगाउन संघीय सरकारसँग माग गरेका छन् । हात्तीले क्षति पु¥याएका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer