२०८१ असोज ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कमलका दिपेन्द्र ९ ग्राम ब्राउन सुगरसहित पक्राउ


बिर्तामोड, भदौ १८ । झापाको गौरादह नगरपालिका ३ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् ।

आइतबार राति ८ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरीगञ्जबाट दमकतर्फ आउँदै गरेको को. २७ प ३५४९ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गरेको थियो ।

सोही क्रममा कमल गाउँपालिका ५ का २१ वर्षीय दिपेन्द्र ताजपुरियाको साथबाट ९ ग्राम ९ मिलिग्राम लागुऔषध ब्राउन सुगर भेटेर उनलाई नियन्त्रणमा लिएको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका ताजपुरियाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer