२०८१ असोज ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा ट्रकको ठक्करबाट इलामका दुईजना गम्भीर घाइते


बिर्तामोड, भदौ १८ । झापाको बिर्तामोडस्थित बुट्टाबारी सडक खण्डको पूूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा रहेका दुईजना गम्भीर घाइते भएका छन् ।

आज साँझ ५ बजे बुट्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टातर्फ जाँदै गरेको मे. १० प ३५४४ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ आउँदै गरेको ना. ५ ख ९१२२ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा रहेका इलाम सूर्योदय-५ बस्ने २६ वर्षीय सुबोध बस्नेत र सोही ठाउँ बस्ने २४ वर्षीय दिवाकर राई गम्भीर घाइते भएका छन् । उनीहरुको होश नखुलेको बताइएको छ ।

दुवैजनाको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि मोटरसाइकल र ट्रक चालक अर्जुनधारा-६ बस्ने ३१ वर्षीय सञ्जय माझीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer