२०८१ असोज ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधाराका बुढाथोकीको मलेसियामा मृत्यु


बिर्तामोड, भदौ १९ । झापा अर्जुनधाराका गोपाल बुढाथोकीको मलेसियामा सडक दुर्घटनामा मृत्यु भएको छ ।

अर्जुनधारा-२ गाँजाबारी घर भएका ४१ वर्षीय बुढाथोकीको भदौ १५ गते शनिबार दुर्घटनामा मृत्यु भएको परिवारले जनाएका छन् ।

शनिबार बेलुका कामबाट फर्किने क्रममा साइकलमा रहेका उनलाई गाडीले ठक्कर दिएको थियो । राति करिब १०ः४५ मा भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

बुढाथोकी करिब २ वर्षअघि मलेसिया गएका थिए । हाल उनको शव नेपाल ल्याउनका लागि पहल भइरहेको परिवारले बताएको छ ।

उनी परिवारको एक्लो छोरा थिए । उनको घरमा बुवाआमा, पत्नी, एक छोरा र एक छोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer