२०८१ असोज ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजनका दुई विद्यार्थी अन्तर्राष्ट्रिय साहित्यिक ओलम्पियाडमा दोस्रो


बिर्तामोड, भदौ १९ । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहेको झापा धुलाबारीको इस्ट होराइजन माविका विद्यार्थी भारतमा पुरस्कृत भएका छन् ।

इस्ट होराइजनका फाइन आर्टका विद्यार्थी विनय राजवंशी र मिसन रेग्मीले भारतको लखनउमा आयोजित अन्तर्राष्ट्रिय साहित्यिक ओलम्पियाडमा दोस्रो स्थान प्राप्त गरेको विद्यालयका प्रिन्सिपल सञ्जीव राईले बताए ।

भदौ १४ गतेदेखि १८ गतेसम्म लखनउको सिटी मन्टेश्वरी स्कुलमा आयोजित विश्वका ४० भन्दा बढी विद्यालयका विद्यार्थीमाझ उनीहरु दोस्रो भएका हुन् ।

संसारभरका ४० विद्यालयहरूबीच प्रतिस्पर्धा गर्दै हाम्रो विद्यार्थीले रचनात्मक र कलात्मक उत्कृष्टता बाहिर ल्याएकोमा गर्व लागेको प्रमुख प्रशासक सावित्री सापकोटा राईले बताइन् ।

अन्तर्राष्ट्रिय साहित्यिक ओलम्पियाडमा राजवंशी र रेग्मीसँगै कक्षा ८ देखि १२ सम्मका छजना विद्यार्थीले सहभागिता जनाएका छन् ।

फाइन आट्र्सका शिक्षक छितेन शेर्पा र नविन दाहालको नेतृत्वमा विद्यार्थीहरु सम्पदा राई, पायल प्रधान, बिरुना राई, तेन्जिङ नाम्द्रोल तामाङ तथा राजवंशी र रेग्मी लखनउ पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer