२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिएन्डसी मेडिकल कलेजले एमबिबिएसका लागि पायो ५० सिट


बिर्तामोड, भदौ २२ । चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई एमबिबिएस अध्यापनका लागि सिट निर्धारण गरेको छ ।
आयोगले बिएन्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो ।

दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको बिएन्डसीले लामो समयपछि एमबिबिएसमा सिट पाएको हो । कलेजलाई एमबिबिएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।

कलेजले काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा एमबिबिएस कार्यक्रम सुरु गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer