२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा डेंगुबाट ८ वर्षीय बालकको मृत्यु


बिर्तामोड, भदौ २२ । झापा बिर्तामोडमा डेंगु संक्रमणबाट ८ वर्षीय बालकको मृत्यु भएको छ ।

बिर्तामोड – ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु संक्रमणबाट मृत्यु भएको हो । शुरुमा ज्वरो आएपछि बिर्ताबजारमा रगत परीक्षण गराउँदा डेंगु पुष्टि भएको र त्यसपछि बिर्तामोडको झापा नेशनल मेडिकलमा चार दिनसम्म उपचार गराइएको आफन्तले जनाएका छन् ।

बिर्तामोडमा उपचार संभव नभएपछि ती बालकलाई उपचारका लागि नोवल हस्पिटल विराटनगर लगिएको थियो । उपचारकै क्रममा हिजो उनको मृत्यु भएको न्यूटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाँईले बताए । ती बालक न्यूटन्स एजुकेशन एकेडेमीमा कक्षा १ मा अध्ययनरत थिए । योसंगै यस वर्ष झापामा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer