२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

कार्कीद्वारा जन्मदिनमा ‘व्यवसायी राहत कोष’मा एक लाख सहयोग


बिर्तामोड, भदौ २२ । झापा बिर्तामोडका युवा व्यवसायी तथा समाजसेवी युवराज कार्की पर्वतले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषमा एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

संघले एक करोड रुपैयाँ बराबरको व्यवसायी राहत कोष स्थापना गर्ने लक्ष्य राखेको छ । कोषमा संघका कार्यसमिति कार्कीले आफ्नो जन्मदिनको अवसर पारेर आज एक लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।

कार्कीले संघका अध्यक्ष राजु न्यौपानेलाई सो रकम उपलब्ध गराएका हुन् । यसअघि पनि संघमा आवद्ध व्यवसायीले आफ्नो जन्मोत्सवमा संघले स्थापना गरेको कोषमा रकम उपलब्ध गराउँदै आएका छन् ।

सोही क्रममा कार्कीले पनि कोषमा रकम सहयोग गरेका हुन् । रकम हस्तान्तरण गर्दै कार्कीले जन्मोत्सवमा गरिने फजुल खर्चलाई कम गर्दै सामाजिक कार्यमा लगानी गर्न अरुलाई समेत प्रोत्साहित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer