२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

दमकको गौ हत्यामा संलग्न विष्ट पक्राउ


दमक, भदौ २२ । झापाको दमकमा भएको गौ हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

हाल दमक-५ मा बस्दै आएका बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ परेका हुन् ।

गाई काट्ने हतियार, जोख्ने तराजु र केही मासुसहित विष्टलाई हिजो दमक प्रहरीले पक्राउ गरेको हो ।

उनलाई भोलि सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रहरी स्रोतले जनाएको छ । दमक प्रहरीले सो घटनाका सम्बन्धमा अनुसन्धानका लागि आठजनालाई बोलाएको थियो ।

मंगलबार राति दमक-२ बस्ने ६७ वर्षीय लक्ष्मण विष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गाई चोरेर हत्या गरिएको थियो ।

गोठबाट अकलापुरी ग्रिन सिटी तथा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट सय मिटरको दूरीमा गाईलाई मारिएको थियो ।

घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हिन्दुवादी संगठनहरुले आन्दोलन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer