२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

पूजाको प्रसाद खाएर बिरामी भएका ५२ जनाको डिस्चार्ज


बिर्तामोड, भदौ २७ । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर फुड पोइजन हुँदा बिरामी भएर अस्पताल भर्ना भएका अधिकांश डिस्चार्ज भएका छन् ।

फुड पोइजन हुँदा ५९ जना बिरामी परेका थिए । त्यसमध्ये अहिले बिहानसम्म ५२ जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

अर्जुनधारा ९ स्थित खरबन्दीमा मंगलबार स्थानीय रिता निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको थियो ।

प्रसाद खाएका अधिकांश बिरामीलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन् । बिरामी हुनेमा बालबालिकादेखि बृद्धबृद्धासम्म रहेका छन् ।

बिरामी परेका अधिकांश बिरामीको नगरको स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाको कालिस्थानस्थित क्लिनिकमा उपचार भएको थियो ।

त्यस्तै, केहीको बिर्तामोडस्थित बिएन्डसी र मनमोहन अस्पतालमा पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer