२०८२ साउन ६ मंगलबार
Jhapa Today
Adv top

अर्जुनधारामा प्रेमिकालाई छुरा हान्ने विकको अवस्था गम्भीर


बिर्तामोड, भदौ २८ । झापाको अर्जुनधारा–६ महानन्द चोकमा प्रेमिका मनिषा लोहारलार्ई छुरा हानेर हत्या गर्ने अनिल विकको अवस्था गम्भीर रहेको छ ।
उनलाई उपचारको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर–३ बस्ने २०वर्षीय अनिल विकले शुक्रबार साँझ ६ः४० बजे लोहारमाथि छुरा प्रहार गरेका थिए । छुरा प्रहार गर्ने क्रममा प्रतिकार गर्दा बिक घाइते भएको प्रहरीले जनाएको छ।

उनलाई उपचारको लागि कन्काई, बिर्ता सिटी, बिएण्डसी अस्पताल हुँदै मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए । उनको टाउकोमा चोट लागेको बताइएको छ।
यता छुरा प्रहारबाट गम्भीर घाइते भएकी मनिषाको उपचारको क्रममा साँझ ७ बजे बिएण्डसी अस्पतालमा निधन भएको र उनको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ।
मनिषा बिर्तामोड–५ स्थित पाथिभरा टोलमा बस्दै आएको र उनीहरू प्रेमीप्रेमिका भएको बुझिएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी बिष्टले जानकारी दिए।

Adv footer