२०८१ असोज ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापा कारागारका एकजना कैदी भागे


बिर्तामोड, भदौ ३० । झापा कारागार चन्द्रगढीमा कैद भुक्तान गरिरहेका एकजना कैदी भागेको प्रहरीले जनाएको छ ।

कारागारमा कैद भुक्तान गरिरहेका जबर्जस्ती करणी मुद्दाका कैदीबन्दी २४ वर्षीय जीवन साह ओमसाई पाथिभरा अस्पताल भद्रपुरबाट भागेका हुन् ।

त्यहाँ उपचाररत साहलाई आज बिहान ३ः४० बजे सोही अस्पतालको शौचालय लगिकोमा शौचालयबाटै उनी भागेका हुन् ।

छातीमा समस्या भएपछि भद्रपुर ५ घर भएका साहलाई भदौ २५ गते बिहान प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि ओमसाई पाथिभरा अस्पतालमा रेफर गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीको कमाण्डमा भागेका कैदी साहको खोजी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काएर भागेका थिए । भागेको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer