२०८१ असोज ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मिस्टर झापाको तयारी अन्तिम चरणमा


बिर्तामोड, भदौ ३० । बडादसैँको अवसरमा झापाको बिर्तामोडमा हुन लागेको मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

यही असोज २१ गते हुने जिल्लास्तरीय प्रतियोगिताको तयारी ९० प्रतिशत सकिएको २०६४ का मिस्टर झापा, कलाकार तथा प्रतियोगिताका अध्यक्ष सुवास मेचेले जानकारी दिए ।

भद्रपुररोडको फर्स्ट स्टेप फिटनेसले आयोजना गर्न लागेको प्रतियोगिताका लागि झापाका खेलाडीहरु पनि तयारी अवस्थामा रहेको मेचेले बताए ।

झापामा खेलाडी उत्पादन गर्ने उद्देश्यसाथ आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार र ट्रफी पाउने प्रतियोगिताका सचिव माधव झापाले बताए ।

त्यस्तै, दोस्रोले नगद एक लाख एक हजार, तेस्रोले नगद ७६ हजार, चौथोले नगद ५१ हजार र पाँचौँले नगद ३६ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिता ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजी माथिको विधामा हुनेछ । प्रत्येक विधाका प्रथमले पाँच हजार, दोस्रोले तीन हजार र तेस्रोले दुई हजार रुपैयाँ पाउने फर्स्ट स्टेप फिटनेसका सञ्चालक धनञ्जय गनगाईले बताए ।

त्यस्तै, व्यक्तिगततर्फ बेस्ट मस्कुलर र बेस्ट फिजिक्सतर्फका विजेताले नगद पाँच हजार रुपैयाँ पाउने छन् । प्रत्येक विधाबाट एकएकजना च्याम्पियनसिपका लागि छनोट हुने छन् ।

प्रतियोगिता सम्पन्न गर्न नगद १५ लाख रुपैयाँ लाग्ने प्रतियोगिताका सचिव झाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer