२०८१ असोज ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बोगटी+चौधरी, खापुङ+सिंखडा, कार्की+खड्का, गुरुङ+ठकुरी फाइनलमा


बिर्तामोड, भदौ ३० । कोशी प्रदेशस्तरीय सलोनी टि कप पुरुष खुला डबल्स तथा भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि चारवटै जोडीले दाबी गरेका छन् ।

भद्रपुरको मेची रंगशालाको कभर्ड हलमा हुने फाइनल खेलमा दुवै विधाका प्रतिस्पर्धीहरुले फाइनलको यात्रा तय गर्दै उपाधि रक्षा गर्ने बताएका हुन् ।

आज बिहान सम्पन्न सेमिफाइनल खेलबाट भेट्रान्स डबल्सतर्फ राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरी जोडी तथा विराट ब्याडमिन्टन क्लबका चन्द्रकुवेर खापुङ र उत्तम सिंखडाको जोडीले फाइनल यात्रा तय गरेको छ ।

त्यस्तै, खुला डबल्सतर्फ संखुवासभाका सुनिल कार्की र मोरङका महेश खड्काको जोडी तथा पूर्वाञ्चल एपिएफका भोजबहादुर गुरुङ र प्रनिससिंह ठकुरीको जोडी अन्तिम दुईमा प्रवेश गरेको छ ।

आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका अनुसार बोगटी र चौधरीको जोडीले धनकुटाका किरण प्रधान र शिखर श्रेष्ठको जोडीसँग हराएको हो ।

त्यस्तै, खापुङ र सिंखडाको जोडीले बिर्ता ब्याडमिन्टन क्लबका सञ्जय भक्तराज र विष्णु तामाङको जोडीलाई सेमिफाइनलमा रोकेको संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक दिपक घिमिरेले बताए ।

त्यस्तै, कार्की र खड्काको जोडीले मोरङका सुप्रिम पन्त र लाक्पा शेर्पाको जोडीलाई हराउँदा गुरुङ र ठकुरीको जोडीले तेह्रथुमका विवेक कन्दङवा र पाँचथरका नेल्सन राईको जोडीलाई पराजित गर्‍यो ।

प्रतियोगिताका खुलातर्फका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने संघका अध्यक्ष ढकालले जानकारी दिए । त्यस्तै, दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद १०–१० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

भेट्रान्सतर्फका विजेताले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद १०–१० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने सचिव तीर्थराज ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer