२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

गिरीले जिम्मा पाएपछि धमाधम बन्दै बिर्तामोड-चन्द्रगढी सडक


बिर्तामोड, भदौ ३१ । झापाका केदार गिरी प्रोप्राइटर रहेको कञ्चन निर्माण सेवाले जिम्मेवारी पाएपछि बिर्तामोड–चन्द्रगढी सडक धमाधम सडक निर्माण भइरहेको छ ।

पटकपटक म्याद थप्दासमेत काठमाडौँको कन्टेक प्रालिले पूरा गर्न नसकेको बिर्तामोड–चन्द्रगढी सडक निर्माण गर्ने जिम्मेवारी बिर्तामोडको कञ्चन निर्माण सेवाले पाएको हो ।

म्याद थप्दासमेत कन्टेकले निर्माण सम्पन्न नगरेपछि स्थानीयले पटकपटक चक्काजाम गर्दै आन्दोलनसमेत गरेका थिए । तर पनि कन्टेकले वास्ता नगरेपछि कञ्चन निर्माण सेवालाई जिम्मेवारी दिइएको हो ।

हालसम्म कन्टेक प्रालिले ३८ प्रतिशत मात्र काम गरेको बताउँदै कञ्चन निर्माण सेवाका प्रोप्राइटर गिरीले बाँकी काम आफ्नो कम्पनीले गर्ने जानकारी दिए ।

उनले सडक निर्माणको काम भइरहेको जानकारी दिए । ‘पाँच करोड रुपैयाँ निकासा भएको छ, त्यस बजेटबाट दसैँअगाडि देउनियादेखि धौलापुलसम्मको अधुरा काम पूरा हुन्छ’ उनले भने, ‘यदि समयमै पैसा निकासा भयो भने असारसम्म चन्द्रगढीसम्मको काम सकिन्छ ।’

यसअघि बिर्तामोडको मुक्तिचोकदेखि गरामनीको धौलापुलसम्मको सडक पनि कञ्चन निर्माण सेवाले नै पूरा गरेको थियो । ठेक्का लिएका राजकिशोर गुप्ताले अलपत्र छोडेपछि गिरीले नै सो सडकखण्ड पूरा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer