२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा खाद्य स्वच्छता र सुरक्षासम्बन्धी प्रतिबद्धता जारी


बिर्तामोड, असोज २ । झापामा खाद्य स्वच्छता, सुरक्षा र सरोकारवालाको भूमिका सम्बन्धी ६ बुँदे प्रतिबद्धता जारी भएको छ ।

नारी सञ्चार गृह झापाले बिर्तामोडमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सरोकारवालहरुबीच यस्तो प्रतिबद्धता जारी भएको हो ।

सरोकारवालाहरुले खाद्य स्वच्छतामा ध्यान दिनुपर्नेमा जोड पनि दिएका छन् । उनीहरुले सरकारी तथा गैरसरकारी संस्थासहित सरोकारवाला सबैले अखाद्य वस्तुलाई रोक लगाउँदै स्वास्थ्यमा पर्ने समस्याका विषयमा जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताएका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पनि सकेसम्म यस अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका पशु चिकित्सक मुकेश सिंह, खाद्य आयात निर्यात गुणस्तर नियन्त्रण कार्यालयका प्राविधिक सहायक दिनेश ढुङ्गेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख सुवासचन्द्र वस्ती, होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेल, उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष शालिकराम भट्टराई, कृषिथोक बजार व्यवस्थापन समूहका अध्यक्ष निरज ओली, बेकरी उद्योग संघ झापाका अध्यक्ष सुमन चिमरिया, झापा फलफूल तथा तरकारी उत्पादन संघ बिर्तामोडका अध्यक्ष उमाकान्त ढुङ्गेल, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा, कञ्चना सिटौलालगायतले खाद्य स्वच्छता सम्बन्धी आआफ्नो धारण राखेका थिए ।

नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव मायामितु न्यौपानेले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer