२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

ठेकेदारले नबनाएपछि अलपत्र भवनमा पढ्छन् विद्यार्थी


बिर्तामोड, असोज ३ । झापाको भद्रपुर-३ मा रहेको अरनिको माविले भवन अभावमा कष्टपूर्ण पढाइ गरिरहेको छ ।

सुविधासम्पन्न भवनको बन्ने भनेको १४ वर्ष पुग्दा पनि निर्माण अलपत्र हुँदा कष्टकर पठनपाठन गरिरहेको छ । भारतीय दुतावासको आर्थिक सहयोगमा २०६७ सालमा भवन बन्ने भनिए पनि निर्माण सम्पन्न भएको छैन ।

धवन अलपत्र पारेर निर्माण कम्पनीका ठेकेदार बेपत्ता भएपछि अधुरो विद्यालय भवनमै पठनपाठन भइरहेको छ ।

३२ कोठे दुई तले विद्यालय भवन अधुरो छाडेर निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहीन भएका हुन् ।

भवन नबनेकाले कक्षा कोठामा बिजुली बत्ती, पंखा जडान हुन सकेको छैन । खानेपानी र शौचालयको समस्या पनि त्यस्तै छ । विद्यालयको गेटसँगै वरिपरि घेराबारा नहुँदा विद्यार्थी र शिक्षक दुवै असुरक्षित महसुस गर्न बाध्य छन् ।

धवनका लागि राजदूतावसले चार करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । २०६७ सालमा ३ करोड ८६ लाखमा राजधानी कन्स्ट्रक्सन काठमाडौँका सुवास लामाले भवन निर्माणको लागि ठेक्का लिएका थिए ।

तर, करिब चार वर्षपछि २०७१ साल चैतदेखि भवन निर्माणको काम सुरु गरेको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले जानकारी दिए ।

ठेकेदारले विद्यालय भवन अलपत्र छाडेर भागेपछि पठनपाठनमा समस्या उत्पन्न भएको अध्ययनरत विद्यार्थीको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer