२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सशस्त्र प्रहरीद्वारा ठुलो मात्रामा ब्राउन सुगर पक्राउ


बिर्तामोड, असोज ४ । भारतबाट ठुलो मात्रामा लागुऔषध भित्र्याउन खोज्ने एक भारतीयसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

आज साँझ ६ बजे मेचीनगर-४ स्थित भन्सार टुङ्ग मलामी टहरानजिक मेची खोला पश्चिममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा झापा शिवसताक्षी-१ धरमपुर घर भएका २३ वर्षीय विशाल खड्का र भारत दार्जिलिङ जिल्ला किलारामजोत ताराबारी बस्ने १७ वर्षीय सरोज माझी छन् ।

उनीहरुको साथबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी बाहुनडाँगीले प्लास्टिकसहित ६६.७८० ग्राम ब्राउनसुगर बरामद गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्रमणि राईको कमाण्डमा खटिएको गस्ती टोलीले डब्ल्युबी ७४ बि के २४३८ नम्बरको भारतीय नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा खड्का र माझीको साथबाट सो लागुऔषध बरामद भएको थियो ।

दुवैजनालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वार्टरका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer