२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एनएमसी चिया कम गुणस्तर पाइएपछि ५० हजार धरौटी


बिर्तामोड, असोज ४ । झापा मेचीनगरको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले बिक्री गरेको चिया कम गुणस्तर भएको पाइएपछि धरौटी तिराइएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले एनएमसीलाई ५० हजार रुपैयाँ धरौटी तिराएको हो ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार एनएमसीको चिया कम गुणस्तरको पाइएकाले कारबाही प्रक्रिया अगाडि बढाएको र धरौटी तोकिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए ।

खाद्य परीक्षण प्रयोगशाला विराटनगरले एनएमसी चियाको नमुना परीक्षण गर्दा कम गुणस्तरको रिपोर्ट पठाएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको नेपालले बताए ।

एनएमसीका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले बजार अनुगमनका क्रममा आफूहरुलाई जानकारी नगराई नमुना संकलन गरिएको बताए ।

नमुना संकलन गरेर कम गुणस्तरको रिपोर्ट आएको ब्याचको चिया बजारबाट फिर्ता गरिएको अध्यक्ष शिवाकोटीले बताए । तर, एनएमसी चिया विभाग प्रमुख रविन्द्र पाण्डेले भने चिया फिर्ता नभएको बताए ।

एसपी–१६/८०/८१ ब्याचको चियामा गुणस्तर कम देखिएको उनले जानकरी दिए । सो सिटिसी चिया एनएमसीको उत्पादन नभएर बाहिरबाट खरिद गरी प्याकेजिङ गरेर बिक्री गरिएको पाण्डेले बताए ।

एनएमसीले इलामको साँघुबेसी, सिद्धपोखरी र इलामेली चिया सहकारीसँग एकीकरण गरी चारवटा युनिटबाट चिया उत्पादन गरी बिक्री गर्ने गरेको बताएको थियो ।

पछिल्लो बजारको अवस्थाका कारण इलामको माइजोगमाईबाट अर्थोडक्स र झापाको मेचीनगर–५ स्थित सुरेन्द्रनगरमा सिटिसी चिया उत्पादन तथा प्याकेजिङ गरी बिक्री वितरण गर्दै आएको पाण्डेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer