२०८१ असोज ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

घरमै पाइने बेसारका असाधारण फाइदा


बिर्तामोड, असोज ५ । तरकारीमा रङ्ग ल्याउन प्रत्येक घरमा बेसारको प्रयोग गरिन्छ, यसबाहेक पूजापाठका काममा पनि बेसार प्रयोग गरिन्छ । छालाको रङ्ग निखार्नदेखि लिएर बेसार तपाईंको स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक हुन्छ र धेरै समस्याबाट छुटकारा दिलाउन सक्छ ।

न्यूट्रिएन्ट्सका अनुसार बेसारमा क्याल्सियम, म्याग्नेसियम, डाइटरी फाइबर, पोटासियम , भिटामिन सी, आइरन, भिटामिन बी र करक्यूमिन नामक कम्पाउन्ड हुन्छ । त्यसैले बेसार प्रत्येक घरमा प्रयोग हुने सामान्य मसला भएपनि गुणहरूको कारणले यो धेरै काममा प्रयोग हुन्छ ।

बेसारको सही प्रयोगले स्वास्थ्यसम्बन्धी समस्याबाट पनि राहत दिलाउन सक्छ । अब यसको फाइदाहरूबारे कुरा गरौँ ।

बारम्बार बिरामी पर्नबाट बचाउँछ

बेसारमा रहेका एन्टिअक्सिडेन्ट्सले रोग प्रतिरोधक क्षमता बढाउँछ, त्यसैले दैनिक राति मनतातो दूधमा दुई चुट्की बेसार हालेर बच्चादेखि बुढासम्मलाई पिउँदा धेरै फाइदा मिल्छ । यसले मौसमी रोगहरूबाट पनि बच्न सकिन्छ र निद्रामा पनि सुधार हुन्छ जसले तनावबाट बचाउँछ । बेसार दूधले मांसपेशीहरूमा हुने दुखाइबाट पनि राहत मिल्छ ।

घाउ निको बनाउन सहयोगी

बुढापाकाले कतै चोट लाग्यो भने थोरै तेलमा बेसार मिसाएर लगाउने गर्थे । अझै पनि कतै घाउ चोट लाग्यो भने तेल बेसार लगाउन सुझाव दिइन्छ । बेसारमा भएको करक्यूमिन नामक तत्त्वले घाउ भरिन मद्दत मिल्छ र सुन्निन पनि कम हुन्छ ।

भित्री चोटको दुखाइबाट आराम दिलाउँछ

यदि कसैलाई भित्री चोट लागेको छ र बाहिरबाट सुन्निएको छ साथै धेरै दुखाइ छ भने यस्तो अवस्थामा तोरीको तेलमा बेसार हालेर पकाउनुहोस् । यो पेस्टलाई उक्त ठाउँमा मनतातो बनाएर लगाउनुहोस् र कुनै सूती कपडाले पट्टी बाँध्नुहोस् । यसरी दुईदेखि तीन दिनमा धेरै राहत मिल्छ ।

दाँतको समस्याबाट छुटकारा दिलाउँछ

गिजा सुन्निएको, दुखाइदेखि लिएर दाँतमा हुने पहेँलोपन र पायोरियाका लक्षणहरूबाट पनि बेसारले छुटकारा दिलाउन सक्छ । यसका लागि बेसारलाई तोरीको तेलमा मिलाएर पेस्ट जस्तो बनाउनुहोस् र दैनिक बिहान र साँझको समयमा यसले आफ्नो गिजा र दाँतको मसाज गर्नुहोस् । यसले केही दिनमै तपाईंलाई फरक देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer