२०८१ असोज ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

दसैँको टिकाको साइत ११ बजेर ३६ मिनेटमा


बिर्तामोड, असोज ५ । यस वर्षको दसैँको टिकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार राति एक सूचना जारी गर्दै दसैँको साइतहरुबारे जानकारी गराएको हो ।

समितिका अनुसार टिका लगाउने मानिस पूर्व फर्कनु पर्ने साइत रहेको छ । घटस्थापनाको साइत भने असोज १७ गते ९ः१६ बजे रहेको समितिले जनाएको छ ।
त्यसदिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।
समितिका अनुसार असोज १७ गते बिहीबार घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत छ । असोज २४ गते बिहान ७ः११ बजे फुलपाती भित्र्याउने साइत रहेको छ ।

यस वर्ष महाष्टमी र महानवमी एकै दिन असोज २५ गते परेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । सरकारी कार्यालयमा झण्डा फेर्न असोज १८ गते ९ः५४ मिनेटको साइत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer