२०८२ बैशाख ९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

एसएसपी उप्रेतीलाई दमकमा व्यवसायीको स्वागत


दमक, असोज ५ । झापाको पाडाजुँगीस्थित सशस्त्र प्रहरीको तालिम केन्द्रमा प्रमुखका रुपमा आएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेश उप्रेतीलाई स्वागत गरिएको छ ।

दमक उद्योग वाणिज्य संघले एक कार्यक्रमका बीच उप्रेतीसहित राष्ट्रसेवक तीनजना कर्मचारीलाई स्वागतसहित परिचयात्मक कार्यक्रम गरेको हो ।

संघले कमल-५ पाडाजुँगीस्थित सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान शिक्षालयका प्रमुख एसएसपी उप्रेती, आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख कर अधिकृत पुण्यप्रसाद रिजाल र अर्का कर अधिकृत ज्ञानेन्द्र यादवलाई स्वागत गरेको हो ।

सोही कार्यक्रमका बीच कर अधिकृत लक्ष्मण कार्कीलाई विदाई गरिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, संघका दमक अध्यक्ष देवीप्रसाद गुरागाईं (गोपाल), संघका लेखा संयोजक नेत्र चम्लागाईं र सल्लाहकार समेत रहेका दमक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रवि न्यौपाने केसीले उनीहरुलाई स्वागत गरेका थिए ।

व्यवसायीहरुसँग प्रत्यक्ष सरोकार राख्ने निकायका प्रमुखबाट व्यवसायीहरुले समाधानमुखी सेवाको अपेक्षा राखेको उल्लेख गरेका थिए ।

एसएसपी उप्रेती र रिजालले यस क्षेत्रसँग आफ्नो पुरानो सम्बन्ध समेत रहेकाले कार्य सम्पादनमा सकारात्मक सहयोग रहने बताए ।

कार्यक्रममा दमक संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, प्रथम उपाध्यक्ष राजकुमार योङया, द्वितीय उपाध्यक्ष ज्ञाननाथ पौडेल, तृतीय उपाध्यक्ष रुवल अधिकारीसहित संघका कार्यसमिति सदस्यहरु हेमसागर अधिकारी, टिकाराम खतिवडा, कमल कटुवाल, वस्तुगत संघका प्रतिनिधिहरु राम रिमाल, कृष्ण अधिकारी लगायतले सुझावसहित शुभकामना राखेका थिए ।

Adv footer