२०८२ जेठ २९ बिहीबार
Jhapa Today
Adv top

दमकमा एक बालकको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु


दमक, असोज ५ । झापाको दमकमा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट एकजना बालकको मृत्यु भएको छ ।

दमक नगरप्रमुख रामकुमार थापाका अनुसार दमक ३ उज्यालो टोलका ७ वर्षीय शिशिर नेम्वाङको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको हो ।

दमक नगरपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र भण्डारीका अनुसार जापानिज इन्सेफ्लाइटिस मानिसबाट मानिसमा भने सर्दैन । लामखुट्टेले टोकेको ६ देखि १६ दिनमा रोगका लक्षण देखापर्छन् ।

बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षाघात हुने, घाँटी कडा हुने, कम्पन हुनेजस्ता जापानिज इन्सेफ्लाइटिस रोगका लक्षण हुन् ।

जापानिज इन्सेफ्लाइटिस बच्न झुल टाँगेर मात्रै सुत्न, हाँस, कुखुरा, सुँगुर जस्ता जनावरलाई घरदेखि टाढा राख्न, घरबाहिर निस्कँदा वा खेतबारीमा काम गर्दा हात पूरै छोपिने गरी कपडा लगाउन, घरको झ्याल, ढोकामा जाली राख्न, घरवरिपरिका पानी जम्ने खाल्डाखुल्डी पुर्नेलगायतका काम गर्नुपर्ने भण्डारीले बताए ।

लामखुट्टेले सुँगुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्छन् अनि सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेपछि जापानिज इन्सेफ्लाइटिस रोग लाग्ने गर्छ ।

Adv footer