२०८२ साउन १ बिहीबार
Jhapa Today
Adv top

‘क्राइम इन बिर्तामोड’ को निर्माण अन्तिम चरणमा


बिर्तामोड, असोज ६ । रोहन राईको लेखन तथा निर्देशनमा बनिरहेको चलचित्र सिआइबी अर्थात् क्राइम इन बिर्तामोडको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

फिल्मको छायाँकन सकिएर डबिङको काम धमाधम भइरहेको चलचित्र निर्माता तथा कलाकार राजन थापाले झापा टुडेलाई जानकारी दिए ।

थापाका अनुसार सिआइबीको प्रिमियर शो असोज ४ गते बिर्तामोडस्थित एमिटी कलेज गरिएको छ । डबिङको काम धमाधम भइरहेको बताउँदै उनले फिल्म एक्सन–कमेडीको कम्बिनेसन रहेको बताए ।

सिआइबीले विशेषगरी लागुपदार्थको दुर्व्यसन र कारोबारीहरु कसरी बढिरहेका छन् अनि न्यूनीकरणका लागि के गर्न सकिन्छ भन्ने विषयवस्तु उठाउने थापाले बताए ।

कम बजेटमा भए पनि आफूहरुको टिमले निक्कै मेहनतका साथ काम गरिरहेको निर्देशक रोहन राई बताउँछन् ।

बिबि इन्टरटेन्मेन्टको ब्यानरमा बनिरहेको चलचित्रमा नायकका रुपमा नविन रिजाल र नायिकाका रुपमा अनिसा न्यौपाने रहनेछन् ।

त्यस्तै, फिल्मको मुख्य भूमिकामा राजन थापा, अनिल पुमा राई, केशव पन्त अनमोल, राजु गौतम, सुदीपबाबु खवास, विमल राई, दिपेश शिवाकोटी, तीर्थ सिग्देल, सुरेन्द्र भण्डारी, चन्द्रकान्त ढकाल, बबिता केसी, विजय राई, विकास उप्रेती, दिवस थापा, नेवार्नी मैचा लगायतलाई देख्न सकिनेछ ।

फिल्ममा सहायक निर्देशकका रुपमा विमल राई, देवानन्द राजवंशी रहेका छन् । सन्तोष राना मगरको सिनेमाटोग्राफी र सम्पादन रहने फिल्ममा द्वन्द्व निर्देशन सुदिपबाबु खवासले गरेका छन् ।

बिर्तामोड आसपासमा छायाँकन गरिएको चलचित्र १० लाख रुपैयाँको लगानीमा निर्माण भएको थापाले जानकारी दिए ।

Adv footer