२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मनसुन लम्बिएपछि दसैँमा हल्का पानी पर्ने


बिर्तामोड, असोज ६ । यो वर्ष दसैँको समयमा पानी पर्न सक्ने भएको छ । असोज १६ गते मात्र मनसुन बाहिरिन सक्ने मौसमविद्हरूको अनुमान छ ।

मौसमविद्हरूले सेप्टेम्बर २३ अर्थात् असोज ७ गते मनसुन बाहिरिन सक्ने अनुमान गरेका थिए । तर, पछि फेरि मौसमविद्हरूले अक्टोबर २ अर्थात् असोज १६ गते मनसुन बाहिरिन सक्ने अनुमान गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरले यसपालिको मनसुन केही दिन लम्बिने बताएकी छन् ।

मनसुन सकिने बेलामा बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय क्षेत्र उत्तर पश्चिमतिर सर्ने क्रममा भारतको बिहारनजिकै आइपुग्नेछ ।

बिस्तारै मनसुन बाहिरिने भएकाले अक्टोबर २ अर्थात् घटस्थापनाको अघिल्लो दिनसम्म नेपालबाट मनसुन बाहिरिन्छ । त्यस अवधिसम्म झरी लगातार त पर्दैन तर मनसुन पनि नसकिने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

उनका अनुसार अक्टोबर २ को एक हप्तासम्म चाहिँ मनसुन नेपालबाट बाहिरिनेछ । घटस्थापनापछि दुईचार दिन हल्का पानी परे पनि दसैँको टिकाको दिन भने पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer