२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

वंशलद्वारा व्यवसायी राहत कोषमा सहयोग


बिर्तामोड, असोज ६ । बिर्तामोडका व्यवसायी स्वर्गीय रतिराम वंशलको स्मृतिमा उनका छोरा सज्जनकुमार वंशलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’लाई ३१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

संघका पूर्वउपाध्यक्ष समेत रहेका सज्जनकुमारले पिताको स्मृतिमा सोह्रश्राद्धको अवसरमा संघलाई सहयोग गरेको बताए ।

हरेक वर्ष बुवाको स्मृतिमा सामाजिक कार्यमा थोरै रकम छुट्याउने गरेको र त्यसमध्येको एक अंश संघलाई सहयोग गरेको उनको भनाइ थियो ।

संघलाई प्रदान गरेको रकम संघका अध्यक्ष राजु न्यौपानेलाई प्रदान गरिएको थियो । अध्यक्ष न्यौपानेले संकलित रकम बिर्तामोडकै व्यवसायीलाई समस्यामा पर्दा सहयोग गर्नेगरी कोष स्थापना गरिएको बताए ।

संघले कोषमा एक करोड रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ । उनले वंशल परवारलाई धन्यवाद दिए ।

योसँगै कोषमा सहयोग पुर्‍याउने वंशललाई सम्मान समेत गरिएको छ । सो सम्मानपत्र संघका कोषाध्यक्ष युवराज निरौलाले वाचन गरेका थिए ।

कार्याक्रममा बिर्तामोडका व्यवसायी र संघका पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका उद्योग उपाध्यक्ष विशाल थापाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer