२०८१ कार्तिक ६ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

गर्मीमा पानी कम पिउँदा हुने नोक्सान


बिर्तामोड, असोज ७ । तपाईंले धेरै सुन्नुभएको छ पानी धेरै पिउनुपर्छ भनेर । यसले स्वास्थ्य राम्रो हुन्छ तर तपाईं पानी कम पिउँदा हुने नोक्सानका बारेमा त्यति थाहा पाउनुभएको छैन होला । यहाँ जानौँ पानी कम पिउँदा हुने बेफाइदाका बारेमा –

– दिनभरमा पानीको मात्रा कम भयो भने यसले कब्जियतको समस्या हुन सक्छ । पानी कम पिउने गर्दा भोजन पच्न अप्ठेरो हुन्छ जसले गर्दा कब्जियतको समस्या हुन्छ ।

– शरीरमा पानीको मात्रा कम भयो भने हुने अर्को समस्या पिसाबको समस्या हो । यसले पिसाबथैलीमा संक्रमण समेत हुन सक्छ । जसले गर्दा अन्य ठाउँमा पनि संक्रमण सर्ने खतरा हुन्छ ।

– पानी कम पिउँदा मृगौलालाई काम गर्न कठिन हुन्छ । जसले गर्दा मृगौलामा समस्या पैदा हुन्छ ।

– कम पानी पिउने गरेमा छाला सुख्खा हुने तथा चाउरीपना आउने समस्या हुन्छ ।

– पानी कम पिउँदा दिमागलाई समेत काम गर्न गाह्रो पर्छ । जसले गर्दा एकाग्रतामा कमी तथा मुड खराब भइरहने समस्या देखा पर्छ ।

– पानी कम पिउने गरेमा छिटो छिटो थकान महसुस हुने र केही काम गर्न नसक्ने जस्तो महसुस हुन्छ ।

– पानीको कमीबाट बच्नका लागि दिनमा कम्तीमा दुई देखि तीन लिटर पानी अवश्य पिउनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer