बिर्तामोड, असोज ८ । आफ्नै घरअगाडि मोटरसाइकलको ठक्करबाट घाइते भएका बिर्तामोड- २ बेलडाँगी निवासी कमल श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ ।
६५ वर्षीय श्रेष्ठको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको मृत्यु भएपछि बाह्रदशी–२ घर भएका चालकको खोजी भइरहेको जनाइएको छ ।
साउन २३ गते बिर्तामोडबाट राजगढतर्फ जाँदै गरेको मे. ९ प ७०१४ नम्बरको मोटरसाइकलले साइकलमा रहेका ६५ वर्षीय श्रेष्ठलाई ठक्कर दिएको थियो ।
टाउकाको शल्यक्रियापछि उनलाई निगरानीमा राखेर उपचार भइरहेको थियो । ठक्कर दिने मोटरसाइकल महालक्ष्मी इन्टरनेसनलको हो ।
इन्टरनेसनलका कर्मचारी कृष्ण राजवंशी काम सकेर घर फर्कने क्रममा बिर्तामोड २ मा दुर्घटना भएको थियो ।