२०८१ मंसिर ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

दमकमा सिटीसफारी चार्ज गर्दा करेन्ट लागेर मृत्यु


बिर्तामोड, असोज ८ । झापाको दमकमा तीनचक्के विद्युतीय सवारी साधन सिटीसफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

आज बिहान अन्दाजी ९ः३० बजे इलाम महमाई स्थायी ठेगाना भई हाल दमक ८ मा डेरा गरी बस्ने अन्दाजी २६ वर्षीय कमल बुर्जामगरको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै सिटीसफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएन्डसी अस्पताल बिर्तामोडमा ल्याउनसाथ मृत्यु भएको हो ।

दमक अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि उनलाई बिएण्डसी अस्पताल ल्याइएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer