बिर्तामोड, असोज ९ । झापा दमममा बस्दै आएका कुमार मोतेको चट्याङ लागेर मृत्यु भएको छ ।
हिजो राति १० बजे भान्सा कोठाअगाडि उभिएको अवस्थामा चट्याङ लागेर बेहोस भएर लडेका मोतेको उपचारको क्रममा मृत्यु भएको हो ।
दमक–४ घर भई मोरङको मिक्लाजुङ–३ तेह्रथुमे टोल बस्ने भक्तबहादुर नेपालीको घर बनाउन गएका ३६ वर्षीय कुमार मोतेको दमक अस्पताल राति ११ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।