२०८१ असोज ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सात दिनदेखि हराइरहेकी विजिता धानबारीमा मृत भेटिइन्


बिर्तामोड, असोज ९। सात दिनदेखि हराइरहेकी झापा कनकाई नगरपालिका– २ की विजिता भण्डारी (माइली) मृत अवस्थामा फेला परेकी छन् ।
सुरुङ्गाको ह्याप्पी ल्यान्ड छेउको धानबारीमा उनको शव आज दिउसो १२ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शवलाई पोस्टमार्टमको लागि भद्रपुर अस्पताल पठाइएको छ । के कारणले माइलीको मृत्यु भयो भन्ने बारे खुलेको छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । माइली असोज ३ गते देखि हराएकी थिइन । २१ वर्षीय माइली मानसिक र शारीरिक रुपमा कमजोर रहेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer