२०८२ असार ३२ बुधबार
Jhapa Today
Adv top

कचनकवलमा बाढीले मोटरसाइकल बगायो


बिर्तामोड, असोज ११ । अविरल वर्षाका कारण आएको बाढीले झापाको कचनकवलमा एउटा मोटरसाइकल बगाएको छ ।

आज दिउँसो अन्दाजी १२ः२० बजेको समयमा कचनकवल गाउँपालिका वडा नं।२ स्थित अमुलफुटा खोला तर्ने क्रममा प्र.१–०२–०५प ६९७८ नं.को मोटरसाइकल खोलाले बगाएको हो । मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय रबिन भट्टराई भने सकुशल रहेका छन् ।

प्रहरी चौकी पथरियामा खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएर मोटरसाइकल खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Adv footer