२०८२ मंसिर १ आइतबार
Jhapa Today
Adv top

कचनकवलमा खोलाले बगाउँदा साइकलसहित किशोरी बेपत्ता


बिर्तामोड, असोज ११। झापाको कचनकवलमा एक किशोरी खोला तर्ने क्रममा साइकलसहित बेपत्ता भएकी छन् ।

कचनकवल–१ झकुवाटोलि बस्ने पचूँ राजवंशीकी १४ वर्षीया छोरी नेहारिका राजवंशी खोला तर्ने क्रममा साइकलसहित बेपत्ता भएकी हुन्।

भारत सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा कचनकवल–१ चमारभिट्टा स्थित जमुना खोला पुलबाट दिउँसो करिब ३ बजे साइकलसहित बेपत्ता भएको प्रहरीले जनाएको छ ।
अहिले स्थानीय बासी जनप्रतिनिधि सुरक्षाकर्मी सहित खोजि कार्यजारी रहेको बताइएको छ।

Adv footer