बिर्तामोड, असोज ११ । झापाको अर्जुनधारा– खुदुनावारी जोड्ने बिरिङ नदीको पुल भत्किएको छ ।
केही दिनदेखिको अविरल वर्षाका कारण पुल पूर्णरुपमा क्षति पुगेपछि आवागमन बन्द गरिएको छ । यसअघि आंशिक क्षति पुगेको सो पुलमा केही दिनदेखिको वर्षाले पुरै क्षति पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
बिरिङ पुलमा क्षति पुगेपछि अर्जुनधारा– ७ को फूलमति टोल, मिलडाँडाको बाटो हुँदै यातायातका साधनहरू सञ्चालन भइरहेको छ ।